Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएको जानकारी दिएका छन् ।

उनका अनुसार पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैया कायम गरिएको छ भने डिजेल मट्टीतेलमा २९ रुपैया घटाइएको छ । डिजेल-मट्टीतेल १९२ बाट १६३ रुपैयाँ कायम गरिएको छ ।

सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्नेछ ।

यस अघि शनिबार बिहान बसेको गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको कर कम गरेर मुल्य घटाउन निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया