Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं – मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब-टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

नयाँ विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिनेछिन् । फिनालेमा गीत तथा नृत्य प्रस्तुतिसमेत दिइने भएको छ । यसपटकको मिस नेपालमा अहिलेसम्मकै धेरै आवेदन परेको थियो । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको हो । पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमासमेत अडिसन आयोजना गरिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया