Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – जेठ १३ प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ युट्युबमा लिक भएकाे छ । चलचित्रको क्लिप खिचेर अनलाइनमा नहाल्न अनुरोध र ताकेता गर्दागर्दै पनि पूरा चलचित्र नै युट्युबबाट बाहिरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘दयाहाङ राई सपोर्ट रम्पा इन्टरटेनमेन्ट’ नामको युट्युब च्यानलमा चलचित्रको हलमा खिचिएको भिडिओ पोस्ट भएको छ । च्यानलमा चलचित्रको डेढ घण्टाको भिडिओ हालिएको छ । याे समाचार तयार पार्दासम्म भिडिओमा ४७ हजार ३६७ भ्युज आइसकेको छ ।

यसैगरी ‘युके योन्जन’ नामकाे युट्यबु च्यानलमा पनि हलमा खिचिएको एक घण्टा छ मिनेटको भिडिओ अपलाेड भएकाे छ । जेठ १४ गते पोस्ट गरिएको उक्त भिडिओमा याे समाचार तयार पार्दासम्म एक लाख ८४ हजार ३२२ भ्युज आएको छ ।

यसैगरी ‘सुरज परियार’ नामको युट्युब च्यानल र ‘फिल्म अल टाइम’ नामको युट्युब च्यानलमा पनि एक घन्टा लामो हलबाट खिचिएको भिडिओ राखिएको छ । चलचित्र निर्माण तथा वितरक टोली भने पाइरेसी घटनामा बेखबर भएकाे पाइएकाे छ ।

‘हलमा गएर चलचित्र हेर्ने दर्शकले क्लिपहरू खिचेर फेसबुक, टिकटक लगायत अनलाइन प्लेटफर्ममा क्लिपहरू हाल्दा चलचित्र क्षेत्र मारमा पर्छ । यसलाई रोक्न हामीले सक्दो प्रयास गरिरहेका छौं,’ कबड्डी-४ चलचित्रका वितरक गाेविन्द शाहीले टेकपानासँग भने, ‘यसरी डेढ घण्टासम्मकै भिडिओ अपलाेड भएकाे जानकारी आएको थिएन ।’

पूरा चलचित्रको भिडिओ नै युट्युबमा हाल्ने च्यानल/व्यक्तिविरुद्ध तत्काल कदम उठाउने उनले बताए ।

‘१०-१५ सेकेन्ड सम्मको क्लिपलाई रोकेर सकिन्न भनेर हामीले छोडेका पनि हौं । तर पूरै भिडिओ राख्नेविरुद्ध कारबाहीमा जान्छाैं,’ उनले भने ।

तपाईको प्रतिक्रिया