Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टिम यतिबेला अमेरिकामा रहेको छ । नेपाली टिमले त्यहाँ रहँदा अमेरिका र ओमानसँग एक दिवसीय सिरिज खेल्ने छ ।

तर, त्यसअघि २ वटा अभ्यास खेलको पनि पहिला नै तयारी गरिएकाले नेपालले आज नेपाली अल स्टारसँग खेल्दै छ ।

नेपाली अलस्टारमा यसअघि नेपाली टिमबाटै खेलेका पृथु वास्कोटा कप्तान छन् भने बसन्त रेग्मी पनि नेपाल विरुद्ध मैदान उत्रने छन् । पछिल्लो समय अमेरिकामै व्यवसायिक करियर बनाइरहेका पृथु र बसन्त नेपालविरुद्धको खेललाई आफूहरुले स्वभाविकरुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

नेपाली टिम लामो सफर गरेर अमेरिका पुगेपछि त्यहाँको वातावरणसँग घुलमिल बनाउने प्रयासमा रहेकाले यो अभ्यास खेलले आगामी  सिरिजलाई फाइदा गर्ने अपेक्षा गरिएको छ ।

नेपाल र नेपाली अल स्टारबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरुहुने छ । शनिबार नेपाली टिमले ह्युस्टन हरिकेन्ससँग खेल्ने छ ।

त्यसपछि जुन ९ तारिखमा नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्ने छ । दोस्रो खेल जुन ११ मा अमेरिकासँग खेल्ने छ भने तेस्रो खेल  जुन १४ मा ओमानविरुद्ध हुने छ ।

जुन १५ मा अमेरिकासँग अन्तिम खेल खेल्ने छ । अहिले लिग टूको अंक तालिकाको छैटौं स्थानमा रहेको नेपाली टिमले यो सिरिजमा राम्रो प्रदर्शन गर्न सके तालिकामा सुधार गर्ने छ ।  आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ ।

अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेपालले जम्मा १२ खेलमा प्रतिस्पर्धा गर्दा ६ खेलमा जित निकाल्दै १२ अंकसहित छैटौं स्थानमा रहेको छ भने पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर पुछारमा रहेको छ । अमेरिका पाँचौं स्थानमा छ भने नामेविया चौथो स्थानमा रहेको छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको क्वालीफायरमा स्थान बनाउने छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया