कर्मचारीको तलब १५ प्रतिशत बढ्यो काठमाडाैं – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ । प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ प्रकाशित समय: २२:०७:१३