काठमाडाैं – भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो ।
घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ । सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ ।
भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ ।