Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – टिकटकले आफ्ना क्रियटरका लागि आम्दानीको नयाँ बाटो खुला गर्ने भएको छ । कम्पनीले टप क्रियटरसँग उनीहरूको कन्टेन्टमा विज्ञापन चलाए वापत आम्दानीको निश्चित प्रतिशत उपलब्ध गराउने योजना बनाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो सँगै युट्युवमा जसरी क्रियटरले आम्दानी गरिरहेका छन् त्यसरी नै टिकटकमा पनि आम्दानी हुनेछ । युट्युवमा भन्दा टिकटकमा सहजै रकम निकाल्न सक्ने भएकाले क्रियटरले यसबाट पर्याप्त आम्दानी गर्ने सक्ने दावी कम्पनीको छ ।

‘नयाँ कार्यक्रम ‘टिकटक पल्स’ अन्तर्गत टिकटकमा भएका कुल भिडिओको चार प्रतिशत भिडिओमा विज्ञापन चल्नेछ,’ कम्पनीले आफ्नो ब्लगमा लेखेको छ, ‘यदि यो कार्यक्रममा कुनै क्रियटर भिडिओ समावेश भएको छ भने त्यसबाट आम्दानी गर्न अकाउन्टमा न्यूनतम एक लाख फलोअर हुन आवश्यक छ ।’

टिकटककी जेनेरल मेनेजर स्यान्डी ह्वाकिन्सका अनुसार कम्पनीले आफ्ना क्रियटरलाई विज्ञापनबाट आम्दानी भएको ५० प्रतिशत उपलब्ध गराउने छ। युट्युवले क्रियटरलाई ५५ प्रतिशत दिएर आफू ४५ प्रतिशत राख्छ । तर, टिकटकले भने ५० प्रतिशतमात्रै दिने भएको हो । ह्वाकिन्सका अनुसार टिकटकको पल्स कार्यक्रम अमेरिकामा यही जुनमा सार्वजनिक हुनेछ ।

हालसम्म टिकटकले क्रियटरको फलोअरको आधारमा उनीहरूलाई चयन गरी ‘क्रियटर फन्ड’ मार्फत रकम उपलब्ध गराउँदै आएको थियो । तर, क्रियटरले भने त्यसबाट कमै आम्दानी हुने गरेको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया