Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर विश्व कीर्तिमान बनाएका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले सोमबार समुद्री सतहबाट ६,५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३,६०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६,४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६,५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ’, गायक लामाले नयाँ कीर्तिमानी बनाउँदाको अनुभव सुनाए, ‘यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु हो ।’

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै ‘हिमालले डाक्यो मलाई’ लगायत ‘मंगोलियन हार्ट’ को अन्य हिट गीतहरू पनि गाएको बताएका छन् । उनले सगरमाथाको क्याम्पबाटै जलवायु परिवर्तनलाई रोकथाम गरी आफ्ना सन्तानको भविष्यप्रति सचेत रहन र यो सुन्दर संसारलाई बचाउन सबैले प्रयास गर्न अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया