Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेपाली चलचित्र ‘कबड्डी-४’ ले रिलिज नहुँदै दुई करोड कलेक्सन गरेको छ । यो चलचित्रले विश्व बजारमा प्रतिलिपी अधिकार बिक्री बापत २ करोड रुपैयाँ कलेक्सन गरेको हो । दुई करोड कलेक्सन गरेसँगै यो चलचित्रले प्रदर्शन अगावै चलचित्रको लगानी सुरक्षित गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सफल चलचित्रको सिक्वेल ‘कबड्डी-४’ ले अहिलेसम्मकै महंगो मूल्यमा विश्व बजारमा ‘राइट’ बिक्री भएको हो । यो चलचित्रले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान तथा भारतमा प्रदर्शनका लागि प्रदर्शन ‘राइट’ बिक्री गरेको हो ।

चलचित्र ‘कबड्डी ४’ नेपाल र विदेशमा सिनेमा हलमा एकै मितिमा प्रदर्शनमा आउने भएको छ । भारतमा भने नेपाली हलमा प्रदर्शन भएको एकसाता पछि मात्रै प्रदर्शन हुनेछ । रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ४’ मा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रको कथा लेखनमा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग सहकार्य गरेका छन् । चलचित्र आगामी जेठ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया