Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – दुई सय करोड भारुको सम्पत्ति शुद्धिकरण प्रकरणमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको साढे सात करोडको सम्पत्ति जफत गरिएको छ। भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (ईडी)ले अभिनेत्री ज्याकलिनविरुद्ध कडा कारबाही गर्दै उनको सात करोड २७ लाख भारुको सम्पत्ति जफत गरेको हो।

जफत गरिएको सम्पत्तिमा उनको सात करोड १२ लाखको फिक्स्ड डिपोजिट पनि रहेको छ। ईडीले यस प्रकरणमा ज्याकलिन आरोपित नभएर शंकास्पद मात्र भएको बताएको छ। ज्याकलिन र उनको परिवारले ठग सुकेस चन्द्रशेखरबाट थुप्रै महँगो उपहार प्राप्त गरेकाले उनीहरू शंकाको घेरामा परेका हुन्। केही दिनमा ज्याकलिनलाई सोधपुछका लागि बोलाउन सक्ने पनि बताइएको छ।

यसअघि ज्याकलिन र सुकेसको रोमान्स गरिरहेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो। ज्याकलिनलाई यतिबेला सुकेससँगको निकटता एकदमै भारी परिरहेको छ। गत ५ डिसेम्बर २०२१ मा उनलाई मुम्बई एयरपोर्टमै रोक लगाइएको थियो। उनीविरुद्ध ईडीले लुकआउट नोटिस पनि जारी गरेको छ।

सुकेसले ज्याकलिनलाई सुन, हिरा जस्ता बहुमूल्य गहना र ५२ लाख भारुको एउटा घोडा समेत उपहार दिएका थिए। यस्तै ९ लाख भारुको पर्सियन बिरालो पनि दिएका थिए। ईडीका अनुसार सुकेसले उनीमाथि १० करोड भारु बराबर खर्च गरेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया