Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – यही वैशाख ३० गते सम्पन्न हुने स्थानिय तह सदस्यको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका संगीतकर्मी बालेन शाह अहिले चर्चामा छन् ।

महिनौं अघिदेखि काठमाडौंको मेयरमा उठ्ने घोषणा गर्दै सामाजिक सञ्जालमार्फत सक्रियता देखाएका र्यापर बालेनले गत आईतबार उम्मेदवारी दर्ता गरेसंगै प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन् । यसैबीच, बालेनको समर्थनमा सेलिब्रेटीहरु समेत अघि सरेका छन् । उनलाई डाक्टर, पाईलट, खेलाडी, कलाकारदेखि सञ्चारकर्मीसम्मले साथ दिन थालेका छन् ।

वैज्ञानिक डा.महाबीर पुन तथा नेत्ररोग विशेषण डा.सन्दुक रुईत बालेनको पक्षमा उभिएका छन् । त्यस्तै, क्रिकेटर पारस खड्का पनि बालेनको पक्षमा सक्रिय भएर लागेको छन् । खड्काले बालेनका सार्वजनिक कार्यक्रमहरुमै सहयोग गर्दै आएको देखिएको छ ।

निर्देशकहरु दीपेन्द्र के खनाल, निश्चल बस्नेत, अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निशा अधिकारी, नम्रता श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायक हेमन्त शर्मा, गायिका ईन्दिरा जोशी, सञ्चारकर्मी रवी लामिछाने, कलाकार तथा पाइलट विजय लामा आदिले बालेनको घोषणा पत्र नै सामाजिक सञ्जालमा शेयर गरेर उनलाई समर्थन गरिरहेका छन् ।

सेलिब्रेटीमात्र होइन, युवापुस्ताको एउटा ठूलो संख्या नै बालेनको पक्षमा छ । हुन त कतिपयले सामाजिक सञ्जालमा देखिएको समर्थनले मात्र मेयरको पदमा विजयी हुन सकिंदैन भन्ने टिप्पणी पनि गरिरहेका छन् । अब हेर्नुछ, नेकपा एमालेका केशव स्थापित तथा नेपाली कांग्रेसकी सृजना सिंह जस्ता दिग्गज उम्मेदवारलाई बालेनले कसरी टक्कर दिन्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया