Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – पुष्पा, आरआरआरदेखि केजीएफ २ ले पुष्टि गर्छ कि नेपालमा साउथ इण्डियन फिल्मको को क्रेज कति छ ब्भानेरा । विशेषगरी साउथ फिल्मका हिरोहरू हुन् , नेपाली दर्शकको रोजाइ। तर, त्यो उद्योगको हिरोइनहरू पनि नेपाली दर्शकमाझ परिचित छन्। परिचित मात्र होइन, फ्यान नै छन् नेपाली दर्शकहरू।

समान्था रुथ प्रभु, काजल अग्रवाल, रश्मिका मण्डना, नयनतारा, अनुष्का सेट्टी, पूजा हेगडे लगायत चर्चित अनुहार हुन् साउथ फिल्मका।

तीमध्ये समान्था अहिलेकी सबैभन्दा महँगो पारिश्रमिक लिने साउथ हिरोइन हुन्। उनले पुष्पा फिल्मको ‘ऊ अन्टावा’ गीतका लागि मात्र ५ करोड भारु लिएको खबर सार्वजनिक भएको थियो। उनले एउटा चलचित्रमा काम गरेबापत ८ करोड भारुसम्म लिने गरेकी छिन्।

त्यस्तै नयनतारा दोस्रो महँगो हिरोइन हुन्। उनको पारिश्रमिक ७ करोड भारु छ। तेस्रो महँगो हिरोइन हुन्- अनुष्का सेट्टी। बाहुबलीबाट फेममा आएकी अनुष्काको पारिश्रमिक ६ करोड भारु हो।

राधेश्याम चलचित्र फ्लप भए पनि यसकी नायिका पूजा हेगडे साउथकी चर्चित कलाकार हुन्। उनको पारिश्रमिक फिल्मअनुसार घटबढ भइरहन्छ। उनले ३ देखि ७ करोडसम्म लिने गरेकी छिन्।

यस्तै पुष्पाकी हिरोइन रश्मिका अहिलेकी सबैभन्दा चर्चित नायिका हुन्। गुगलकै नेशनल क्रश रश्मिकाको पारिश्रमिक भने थोरै नै छ। उनले अढाइ करोड भारु मात्र लिने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुन्दरता र अभिनयकी खानी काजल अग्रवाल पनि महँगी नायिका नै हुन्। उनको पारिश्रमिक एउटा फिल्ममा डेढदेखि चार करोडसम्म हुने गरेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया