Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं वाणिज्य बैंकहरुको औषत खराब कर्जा अनुपात १.२७ प्रतिशत रहेको देखिएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो ।

साउनदेखि चैतसम्म आइपुग्दा बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब १५ अर्ब ९९ करोड ५४ लाख ९२ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । प्रति बैंक औषतमा १ खर्ब ४८ अर्ब ७४ लाख रुपैयाँ बराबरको रहेको छ ।

यस आधारमा वाणिज्य बैंकहरुमा मात्रै ५१ अर्ब रुपैयाँ बराबरको खराब कर्जा रहेको देखिन्छ । वित्तीय विवरण अनुसार सरकारी स्वामित्वका वाणिज्य बैंकहरुमा खराब कर्जा अनुपात धेरै रहेको छ ।

तपाईको प्रतिक्रिया