काठमाडौं – दक्षिण भारतीय अभिनेता यशको पछिल्लो फिल्म ‘केजिएफ २’ हाल प्रदर्शन भइरहेको छ। विश्वभरबाट फिल्मले राम्रो प्रतिक्रिया मात्रै नभएर बक्सअफिसमा पनि निकै सफलता हासिल गरिरहेको छ। फिल्मले लगातार विभिन्न रेडर्कहरु तोडिरहेको छ।
फिल्म प्रदर्शनको छैटौं दिनसम्मको कमाइबाट फिल्मले २०१५ मा प्रदर्शनमा आएको चर्चित दक्षिण भारतीय फिल्म ‘बाहुबली’को लाइफटाइम रेडर्कलाई तोडेको छ। करिब सय करोडको बजेटमा बनेको फिल्म ‘केजिएफ २’ले ६ दिनसम्म ६७६ करोड ८० लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ। २०१५ को प्रभासको फिल्म ‘बाहुबली’को भने लाइफटायम ग्रस ६५० करोड भारतीय रुपैयाँ थियो।
योसँगै ‘केजिएफ २’ हालसम्म सर्वाधिक कमाइ गर्ने आठौं भारतीय फिल्म बनेको छ। भारतीय फिल्म विश्लेषक मनोजवाला विजयावालले बताएअनुसार फिल्मले छैटौं दिन अर्थात् मंगलबार ५१ करोड ६८ लाख भारतीय रुपैयाँको विश्वव्यापी ग्रस कलेक्सन गरेको छ।
त्यस्तै, फिल्मले पाँचौं दिन ७३ करोड २९ लाख, चौथो दिन १३२ करोड १३ लाख, तेस्रो दिन ११५ करोड ८ लाख र दोस्रो दिन १३९ करोड २५ लाख भारतीय रुपैयाँको विश्वव्यापी कमाइ गरेको छ। गत बिहीबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमा १६५ करोड ३७ लाख भारतीय रुपैयाँको कमाइ गरेको थियो।
केजिएफ २ को हिन्दी भर्जनले छैटौं दिनसम्ममा २३८ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। १४ अप्रिलमा सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका हुन्।
२०१८ को फिल्म ‘केजिएफ’को सिक्वेल रहेको यो फिल्ममा यशसँग सञ्जय दत्त, श्रीनिधि शेट्टी, प्रकाश राज, रविना टण्डनलगायत कलाकार मुख्य भूमिकामा छन्। फिल्म हिन्दी, तेलगु, तमिल, कन्नड र मलायलम भाषामा रिलिज भएको थियो।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, बैशाख ०८, २०७९
प्रकाशित समय: ११:००:४१