काठमाडौं – नेपाल सरकारले सातौं संविधान दिवसको अवसर पारेर नेपाली कलाकारिता क्षेत्रमा विभिन्न योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार कलाकारहरूलाई पदक हस्तान्तरण गरेकी हुन् ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । उक्त विभूषणबाट वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीपमार्फत विभूषित भएका छन् भने प्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभूषित भएका छन् ।
यस्तै प्रबल जनसेवाश्रीबाट अभिनेता अनमोल केसी, प्रकाश सपूत, विष्णु माझी, केकी अधिकारीलगायत विभूषित भएका छन्।
कीर्तिमय राष्ट्रदीप
– शम्भुजित बाँस्कोटा, संगीतकार
सुप्रबल जनसेवाश्री
– कालीप्रसाद रिजाल, गीतकार
– गौरी मल्ल, कलाकार
प्रबल जनसेवाश्रीबाट
– मिलन चाम्स, निर्देशक
– केकी अधिकारी, अभिनेत्री
– अनमोल केसी, अभिनेता
– प्रकाश सपूत, गायक
– रमेश बुढाथोकी, कलाकार
– दीपाश्री निरौला, कलाकार
– हेमन्त बुढाथोकी, कलाकार
– चन्द्रप्रसाद शर्मा, दाहोरी गायक
– कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक
– देविका प्रधान, गायिका
– विष्णु माझी, लोकगायिका
– नवल खड्का, कलाकार
– प्रकाश घिमिरे, कलाकार
– कस्तुप पन्त, संगीतकार
– हेमन्त शर्मा, गायक
– अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका
– शिवशंकर रिजाल जोगिन्दर, कलाकार
– तेरिया मगर, नृत्यांगना
– राजकुमार राई, फिल्म निर्माता
– रञ्जु झा, मैथिली कलाकार
– राधिका हमाल, कलाकार
– कमल गाउँले, हास्य कलाकार
– नविन कुमार पौड्याल, गायक
– सुजल बम, बहिरा कलाकार
– महेश प्रकाश हाडा, नृत्यकार