Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ सर्लाहीको मंलगवामा बलिउडको चर्चित हास्य कलाकार राजपाल यादव आएको छ । गोपाल सेवा समितिको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन आइपुगेको हो ।

मलंगवा नगरपालिका–२ स्थित कभर्ड हलमा महाधिवेशन उदघाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन सर्लाही आएका यादवलाई आयोजकले ५६ किलोको ठूलो फूलको माला लगाएर आयोजकले सम्मान गरेका छन् । कार्यक्रममा बोल्दै भारतीय चर्चित हास्य कलाकार राजपाल यादव आफू कलाकारको हैसियतले नभएर एउटा परिवारको सदस्य भएर गोपाल सेवा समितिको अधिवेशनमा सर्लाही आएको बताए ।

नेपाल एउटा प्राचिन पवित्र भूमि छन्, जगत जननी सीता माताको पवित्र जन्म भूमि समेत भएका कारण पृथ्वी रहेसम्म हरेक भारतीय नागरिकको आस्थाको केन्द्रबिन्दु रहि रहने बताए । वैसुदेव कुटुम्ब भनेझै सारा संसार नै एक परिवार रहेको छन, उनले भने । पृथ्वीमा भएका सबै नागरिकलाई आफू सम्मान गर्दै आएको छु । विज्ञान प्रविधिले विकासले मानव अन्तरिक्ष र चन्द्रमा पुगे पनि एक बुंद रगत बनाउन नसकेकोमा हरेक रगतलाई आफूले सम्मान गर्दै आएको छु । कुनै पनि कलाकारलाई कुनै एक विशेष जातिमा बाँध्न नहुने बताउदै सबै नेपालीको माया प्रेम र स्नेहले हामी यहाँसम्म आइपुगेको बताए ।

कार्यक्रममा हास्य कलाकार यादवलाई चलचित्रमै हेरेका दर्शक उहाँसंग सेल्फी खिचाउन र भेट गर्नेको सर्वसाधारणको तछाडमछाडले भिड नियन्त्रण गर्न प्रशासनलाई हम्मेहम्मे परेका थिए । चर्चित हास्य आउने भनिएपनि साँघुरो रंगमच, स्वयम सेवक परिचालन, कार्यक्रम सञ्चालन र भीड नियन्त्रण लगायतमा व्यवस्थापन पक्षको लापरवाही देखिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया