Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं विदेशी बैंकले नेपालमा शाखा खोल्न २ करोड अमेरिकी डलर पूँजी तोकेको छ । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी बैंक शाखा इजाजत नीति २०२२ जारी गर्दै सो चुक्ता पुँजी तोकेको हो ।

यो सँगै सन् २०१० मा जारी भएको ‘विदेशी बैंकद्वारा नेपालमा शाखा खोल्न दिने सम्बन्धी नीति, २०१०’ खारेज भएको छ । केन्द्रीय बैंकका अनुसार ‘इन्भेष्टमेन्ट ग्रेड’ को अन्तर्राष्ट्रिय रेटिङ पाएको विदेशी बैंकले मात्रै नेपालमा शाखा खोल्न पाउनेछ ।

नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ भने सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्नेछ । नेपालमा निवेदन दिँदा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १० लाख अमेरिकी डलर डिपोजिट गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्नेछ ।

त्यसैगरी अन्तिम स्वीकृति पाउनु अगाडि बाँकी चुक्ता पुँजीको ९५ प्रतिशत भने बैंक ग्यारेन्टी अथवा नगदमै राष्ट्र बैंकमा दाखिला गरे पनि मान्य हुने जनाएको छ । नेपालमा कारोबार गर्न अनुमति प्राप्त गरेको विदेशी बैंकले नेपालमा थोक बैकिङको मात्रै अनुमति प्राप्त गर्नेछ ।

विदेशी बैकको नेपालमा सञ्चालित शाखाले एक कर्पोरेट अफिसबाट कम्तिमा १० करोड रुपैयाँमा मुद्दती निक्षेपको रुपमा स्वीकार गर्नुपर्नेछ । त्यसैगरी सर्टिफिकेट अफ डिपोजिट ९सीडी०को रुपमा पनि १० करोड रुपैयाँ नै स्वीकार गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया