काठमाडौं – निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य दिन प्रतिदिन आकाशिन थालेको छ । निर्माण सामग्रीमध्ये फलामे डण्डीको भाउ हालसम्मै उच्च बिन्दुमा पुगेको छ ।
काठमाडौँ उपत्यकामा फलामे छडको भाउ प्रतिकिलो १३५ रुपैयाँसम्म पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पछिल्लो १ देखि डेढ महिनाको अवधिमा फलामे डण्डी प्रतिकिलो ५० देखि ६० रुपैयाँले महँगिएको बताएका छन् । बुधबार महासंघले आयोजना गरेको पत्रकार सम्मलेनमा पाण्डेले डिजेलमा करिब ५० रुपैयाँ मूल्य बढेको बताएका हुन् ।
‘डण्डीको भाउ धेरै बढेको छ’ नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले भन्छन्, ‘फलाडे डण्डीको भाउ ११०÷१२ रुपैयाँ प्रतिकिलोभन्दा माथि पुगेको थाहा थिएन, अहिले इतिहासकै महँगो भएको छ ।’
रुसले युक्रेनमाथि आक्रमण सुरु गर्नु अगाडीसम्म नेपाली बजारमा डण्डीको भाउ प्रतिकिलो ९७ देखि १०५ रुपैयाँसम्म थियो ।