बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

काठमाडाैं – लोकप्रिय साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका साहित्यकार शर्माको ८७ वर्षको उमेरमा बिहान निधन भएको हाे ।

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर शुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ । शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

२०२६ सालको मदन पुरस्कार विजेता शर्माको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उनको शवलाई घरबाट नेपाल प्रज्ञा प्रतिष्ठाननमा नल्याई सिधै पशुपति आर्यघाट लपगने पारिवारिक स्रोतले जनाएको छ । शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।

तपाईको प्रतिक्रिया