Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ — हालै अभिनेत्री परमिता आरएल राणाले आफ्नो सामाजिक सञ्जालमार्फत कलाकारले समयमा पारिश्रमिक नपाउने समस्याबारे लेखेकी छिन ।

पारिश्रमिक नपाएपछि सामाजिक सञ्जालमा पोखिने पहिलो कलाकार परमिता भने होइनन् । पारिश्रमिकको विवाद बेलाबखत मिडियामा उठिरहन्छ । उनी अघि पनि थुप्रै कलाकारले पारिश्रमिकका लागि लगानीकर्तासँग मनमुटाव गर्नु परेको छ । उनले यो विषय उठाएसँगै फेरि एक पटक सामाजिक सञ्जालमा कलाकारले समयमा पारिश्रमिक नपाएको कुरा छताछुल्ल भएको छ ।

परमिताले आफूले काम गरेको पारिश्रमिक लिन निक्कै संघर्ष गर्नु परेपछि नयाँ आउने कलाकारलाई पनि मानसिक रुपमा तयार भएर मात्रै यो क्षेत्रमा आउन आग्रह गरिन्।

अर्का कलाकार अमिर गौतमले फिल्ममा काम गरेको पैसा नपाएर सामाजिक सञ्जालमा पोखिएको धेरै भएको छैन । उनले चलचित्र ‘चपली हाइट’ ३ वटै सिरिजमा अभिनय गरेका छन् । सोही फिल्ममा काम गरेको पैसा नपाएको उनले दुखेसो पोखेका हुन् ।

अमिरले पानीमा भिजेर काम गरेको पैसा समेत नदिएको भन्दै आक्रोश पोखेका थिए । उनको यो स्टाटसमा उनीसँगै काम गरेका दुई अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले घुमाउरो भाषामा आफूले पनि पारिश्रमिक नपाएको उल्लेख गरेका थिए ।

पुराना कलाकार निर्मल शर्माले बिना पारिश्रमिक कुनै पनि काममा जोडिन मन नलागेको बताएका थिए । सायद उनलाई पनि पारिश्रमिक उठाउन गाह्रो भएको हुनुपर्छ ।

मोडल दुर्गेश थापाले पनि पहिलो पटक अभिनय गरेको म्यूजिक भिडिओको पारिश्रमिक माया मार्नु परेको दुखद् अनुभव साटेका थिए । उता चलचित्र ‘रोज’मा काम गरेको पुरा पारिश्रमिक नपाएपछि अभिनेता पुष्प खड्काले लामै लडाईं गर्नु पर्यो ।

चलचित्र ‘रोज’बाटै मिरुना मगर र परमिताले समेत पुरै पारिश्रमिक नपाएको चर्चा चलेको थियो । हास्य कलाकार राजाराम पौडेलले ‘क्याप्टेन’ चलचित्रमा काम गरेको पारिश्रमिक पाएनन् । उनले सार्वजनिक रुपमा मुख नखोले पनि बजारमा चर्चा भने चलेकै थियो ।

यी त बाहिर आएका केही उदाहरण मात्रै हुन् । काम गरेपछि पारिश्रमिक नपाउने गरेको अधिकांश कलाकारको गुनासो सुनिन्छ । चलचित्रको डबिङ सकिएपछि पारिश्रमिक उठाउन झन् गाह्रो पर्ने कलाकारहरुको अनुभव छ ।

नेपाली फिल्म उद्योगमा चार किस्ता गरेर कलाकारलाई पारिश्रमिक दिइन्छ । सुरुमा एड्भान्स रकम । फिल्ममा हस्ताक्षर गर्दा दोस्रो किस्ता, त्यसपछि सुटिङ भइरहँदा तेस्रो र डबिङ सकिएपछि चौथो किस्ता दिने प्रचलन छ । तर, पछिल्लो समय अधिकांश कलाकारले डबिङको रकम त माया नै मार्नु परेको अवस्था छ । हस्ताक्षर र सुटिङ गर्दाको रकम पनि दिन आनाकानी गर्छन् निर्माता ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया