Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै दुई सातामै दिनमै दुई पटक हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनको मूल्य बद्धि भएसंगै फ्युल सरचार्ज बढेका कारण वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो ।
संघका अनुसार अधिकतम २२० देखि न्यूनतम २० रुपैयाँ हवाईभाडा वृद्धि भएको छ । नेपाल आयल निगमले गत बुधबार हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरूको छाता संस्थाले आइतबारदेखि मूल्य समायोजन गरेको जनाएको छ । संघले अधिकतममा काठमाडौं–धनगढीमा २२० र न्यूनतममा डोटी–साँफेबगरमा २० रुपैयाँ भाडा वृद्धि भएको जनाएको छ । गत बुधबारमात्र निगमले साविकको मूल्यमा ५ रुपैयाँ वृद्धि गर्दै आन्तरिकमा १ सय १ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ८ सय ९५ अमेरिकन डलर प्रतिकिलोलिटर हवाई इन्धनमा मूल्य समायोजन गर्दै वृद्धि गरेको थियो ।
यसअघि निगमले ८६ रुपैयाँ प्रतिलिटर पर्ने हवाई इन्धनको मूल्यमा १० रुपैयाँ वृद्धि गर्दै ९६ रुपैयाँ पु-याएको थियो । सोहीबमोजिम संघले मूल्य समायोजन गर्दै कात्तिक १६ मा आन्तरिक हवाई उडानमा अधिकतम काठमाडौं–धनगढी ४ सय ४० रूपैयाँ र कममा डोटी–साँफेबगरमा ४५ रुपैयाँ भाडा बढाएको थियो ।

तपाईको प्रतिक्रिया