Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय बाहन ’निसान लिफ’ अब काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता ’पायोनियर मोटो कर्प’ले निसान लिफको टेस्ट ड्राइभका लागि यही भदौ २८ गतेदेखि असोज ४ गते सम्म ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ सञ्चालन गर्न गइरहेको छ ।

यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ । यो टेस्ट ड्राइभ सप्ताह निसान कम्पनीको काठमाडौंको थापाथली र उत्तर ढोकामा रहेको शोरूममा बिहान १० बजेदेखि सुरु हुनेछ ।

अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरणमैत्री सवारी साधनलाई नेपाल प्रवेश गराउनुलाई ग्राहकहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीको दाबी छ । नेपाल भित्रिनुभन्दा पहिले नै यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भइसकेको छ । यस अवधिमा विश्वमा ५ लाखभन्दा बढी निसान लिफ बिक्री भइसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमिटरको यात्रा तय गरिसकेको छ ।

निसान लिफ नेपालमा ११ रंगमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरीय सुरक्षा मापदण्डहरु एमबिएस, इबिडी तथा बिएले गर्दा विभिन्न प्रकारका सडकमा प्रयोग गर्न सजिलो र सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ ।

यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ जुन कुनै पनि अरु गैर विद्युतीय गाडीको तुलनामा ग्राहकलाई धेरै किफायती साबित हुनेछ । निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमीसम्मको दुरी तय गर्न सक्छ । एसको इलेक्ट्रिक मोटरले १५० पिएस र ३२० एनएम टोर्क प्रधान गर्दछ ।

त्यसैगरी, निसान लिफ ० देखि १०० किमी प्रतिघण्टा ७.५ सेकेन्डमा जान सक्छ र एसको अधिकतम गति १४० किमी प्रतिघण्टा छ । नेपालमा एउटा अत्याधुनिक तथा वातावरणमैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ रु ५९:९९ लाखमा उपलब्ध गराइरहेकोे कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया