Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएसँगै बीमा कम्पनीको पनि आम्दानी घटेको छ । राष्ट्र बैंकको अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६२.८ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगार म्यादी बीमा गर्नेको संख्या ३२.९० प्रतिशतले घटेको बीमा समितिले जनाएको छ । गत वर्ष ८ लाख ६० हजार ५१९ म्यादी जीवन बीमालेख जारी भएको थियो ।

साउन मसान्तसम्ममा म्यादी बीमालेखको संख्या करिब ३३ प्रतिशतले घटेर ५ लाख ७७ हजार ४ सय १० मा सीमित भएको समितिले जनाएको छ । उनसम्ममा म्यादी जीवन बीमा गर्ने कम्पनीहरुले ९ करोड रुपैयाँ बराबरको बीमा शुल्क असुल गरेका छन् ।

वैदेशिक रोजगारको म्यादी बीमाको लागि वैदेशिक रोजगार विभागमा १४ जीवन बीमा कम्पनीहरु सूचीकृत भएका भएपनि चार बीमा कम्पनीहरुले मात्रै बीमा गरिरहेका छन् ।

हाल नेशनल लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र यूनियन लाइफ इन्स्योरेन्सले म्यादी बीमाका लागि पुलको व्यवस्थापनको काम गर्दै आएका छन् । त्यसमध्ये साउनसम्ममा सूर्या लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै म्यादी बीमालेख जारी गरेको छ ।

तपाईको प्रतिक्रिया