Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – जापानमा नेपाली तथा विदेशीहरूका लागि केन्द्रित भई सञ्चालन गरिएको मिराई लाइफ इन्सुरेन्सले २० नेपालीलाई कोरोना सुविधा भुक्तानी गरेको छ । सो इन्सुरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली तथा विदेशीमा बढ्दो कोरोना सङ्क्रमणमा परेका र अफ्नो संस्थामार्फत बीमा भएका नेपालीहरूलाई सुविधा भुक्तानी गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत अगष्ट महिनामा मात्र २० जनालाई कोरोना सङ्क्रमण सहयोग रकम सुविधा भुक्तानी गरेको इन्सुरेन्स जापानका निर्देशक कमल अधिकारीले जानकारी दिए । प्रतिव्यक्ति करिब ७० हजार येनदेखि दुई लाख येनसम्म दाबी भुक्तानी गरिएको निर्देशक अधिकारीले जानकारी दिए । अगष्ट महिनामा मात्र मिराई लाइफले २४ लाख २० हजार येन रकम सुविधाबापत भुक्तानी गरेको हो । आठ जनाले बेसिकतर्फ सात लाख ४० हजार तथा १२ जनाले प्रिमियम सुविधा १६ लाख ८० हजार येन रकम भुक्तानी गरिएको हो ।

करिब एक वर्षयता जापानमा नेपाली तथा विदेशीहरूका लागि स्वास्थ्य तथा जीवन बीमा सेवा सुरु भएयता करिब ३५ लाख येन रकम दाबी भुक्तानी गरेको जनाइएको छ । हालसम्म बीमा सुविधा दाबी गर्नेहरूमा ८० प्रतिशत कोरोना सङ्क्रमितहरू छन् भने बाँकी अस्पताल भर्ना भएका तथा शल्यक्रिया गरेकाहरू छन् ।

यता सेप्टेम्बर महिना लागेसँगै करिब नौ जनाले कोरोना सङ्क्रमण भएको जानकारी गराउँदै बीमा सुविधाका लागि दाबी गर्ने तयारी गरेका छन् । मिराई लाइफ इन्सुरेन्सले जापानमा सबैभन्दा धेरै खर्च हुने स्वास्थ्य जोखिम जस्तै अस्पताल भर्ना हुँदा दैनिक १० हजार (एक मान) येन, कुनै पनि शल्यक्रियाको ६० हजार (६ मान) येन तथा अस्पतालबाट डिस्चार्जपछि २० हजार (२ मान) येन सुविधा प्रदान गर्ने गरेको छ ।

यस्तै मृत्यु हुँदा २० लाख (२०० मान) येन परिवारलाई प्रदान गर्ने सुविधा राखेको छ । यस्तै कोरोना सङ्क्रमितहरूका लागि पनि अस्पतालमा भर्ना भए सरहको सुविधा प्रदान गर्ने गरेको छ ।  लामो समय अस्पताल भर्ना हुनुपर्दा तथा मृत्यु हुँदा जापानमा चन्दा रकम संकलन गरेर सहयोग गर्ने परिपाटी अन्त्य गर्ने योजना अनुरूप ‘अब तपाईको नाममा चन्दा रकम संकलन गर्नु पर्दैन अभियान’ सुरू गर्न लागेको छ ।

मिराई लाइफ इन्सुरेन्सका व्यवस्थापक ऋद्दी बहादुर तुम्बाहाङफेले भने, ‘जापानवासी नेपालीहरूमा मृत्युवरण गर्दा आर्थिक बीमा सुविधा पाइने बीमा तथा कोरोना जस्ता महामारीको समयमा पाइने सुविधा सहितको बीमा गर्न अपिल गरेका छौं ।’ विभिन्न माध्यममार्फत जापानवासी नेपाली तथा अन्य विदेशीहरूका लागि सो सुविधा उपलब्ध रहेको तुम्बाहाङफेको भनाई छ । मिराई लाइफको बीमामा आवद्द हुन मिराई लाइफको मोवाइल एप्लिकेशन डाउन लोड गरेर आवद्द हुन सकिन्छ ।

तपाईको प्रतिक्रिया