काठमाडौँ – आन्तरिक उडानका वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेससिल्ड हटाउने भएका छन् । वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेससिल्ड हटाइएको जनाएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘विश्वमा अन्य कुनै वायुसेवाले फेससिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भइसकेको अवस्थामा वायुसेवामा फेससिल्ड हटाउने निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाली यात्रुलाई मास्कसँगै फेससिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेससिल्ड विमानस्थलमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको सङ्घले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भाद्र १६, २०७८
प्रकाशित समय: २३:२३:०५