Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रहरीले नौ करोड बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । दुई किलो ९६६ ग्राम कोकिनसहित उनीहरुलाई प्रक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार भदौ ३ गते कतार एयरवेजबाट काठमाडौं आएकी अफ्रिकन नागरिक ३० वर्षकी श्रीले गामाले नेपालमा कोकिन ल्याएकी थिइन् । उक्त लागुऔषध लिन काठमाडौं आएका भारतका विजय सिंहलाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अर्का कारोबारी तान्जानीयाकी नागरिक गेरट्रुड लियोनार्द किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने १५ वर्ष जन्मकैद तथा पाँच देखि २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

त्यसैगरी खैरो हिरोइनसहित काठमाडौंबाट सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजेन्द्र राना, पिटर लामा मन्दिप शर्मा, सागर श्रेष्ठ, अकलेश यादव, गोकुल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी कतार लैजान लागेको अवस्थामा ८ सय ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया