Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालको १३ देशसँगको व्यापार नाफामा रहेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा कम्बोडिया, अफगानिस्तान, स्वीडेन, स्लोभेनिया, न्यू सेलेडोनिया, आर्मेनीया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्याण्ड र क्रोएसियासँग नेपालको व्यापार घाटा नाफामा रहेको छ ।

साउन महिनामा नेपालले बिभिन्न देशबाट १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालबाट बिभिन्न देशमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागले जनाएको छ ।

साउनमा नेपालको सबैभन्दा बढी व्यापार नाफा कम्बोडियासँग २ करोड १४ लाख ५७ हजार रुपैयाँ रहेको छ । त्यसपछि नेपालको ठूलो व्यापार नाफा अफगानिस्तानसँग ८६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया