Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल, मट्टितेल तथा खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको हो ।

निगमले निकालेको सूचनाअनुसार डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको हो । मूल्य बढेपछि अब पेट्रोलको मूल्य १३० रुपैयाँ, डिजेल तथा मट्टितेलको ११३ रुपैयाँ पुगेको छ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ ।

अब ग्यासको मूल्य १ हजार ४ सय ५० हुने भएको छ । मूल्य बढाए पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२, डिजेलमा प्रति लिटर २.६४ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय २० रुपैयाँभन्दा धेरै घाटा रहेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया