Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले २० करोड अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले परामर्शदाताको नाममा २० करोड ८३ लाख खर्च अनियमितता भएको उल्लेख गरेको हो ।

‘वित्तीय एजेन्टको रुपमा परामर्शदाता नियुक्त गरी एक परामर्श दातासँग अमेरिकी डलर ५.०५ मिलियन भुक्तानी गर्ने गरी सम्झौता गरेको’, महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘हालसम्म अमेरिकी डलर १.८३ मिलियन आर्थात २० करोड ८३ लाख खर्च गरेको औचित्यपूर्ण देखिएन ।’

महालेखापरीक्षकले एमसीसीले उपलब्ध जनशक्तिबाट हालको प्रारम्भिक चरणको आर्थिक कारोबारको लेखा राख्न र भुक्तानीको सिफारिस गर्न तथा भुक्तानी दिन सकिने भए पनि वित्तीय कारोबारको चेक जाँच गर्नको लागि वित्तीय एजेन्टको रुपमा परामर्श नियुक्त गरी रकम खर्चिएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया