Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको मौद्रिक नीतिले कोरोना भाइरसको महामारीबाट गम्भीर चपेटामा परेको पर्यटन क्षेत्रलाई सहुलियत प्रदान गरेको छ ।

महामारीबाट अतिप्रभावित बनेका होटल, ट्राभल र हवाई सेवामा आवद्ध व्यवसायी ऋणीलाई राष्ट्र बैंकले ब्याजमा हर्जाना नलाग्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा उल्लेख छ, ‘कोभिड महामारीका कारण अतिप्रभावित क्षेत्र मध्येका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवामा तथा बाह्य पर्यटकमा निर्भर हुने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय पर्यटक आउने सहज अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिनेछ ।’

नीतिले कोरोनाबाट अतिप्रभावित रेष्टुरेन्ट, पार्टी प्यालेस, यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणका लागि भने समयावधि थपेको छ । यही २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको भुक्तानी १ वर्ष थप गरी कम्तीमा ४ किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया