काठमाडौं – कोरोना महामारीबीच एक वर्षको अवधिमा नेपालमा साढे ७ अर्ब रुपैयाँभन्दा बढीको खोप भित्रिएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ७ करोड ६३ हजार रुपैयाँको खोप विभिन्न राष्ट्रबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो।विभागका अनुसार २०७७ साउन देखि २०७८ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न राष्ट्रबाट सो मूल्यमा १ लाख ३९ हजार ७१७ केजी खोप आयात गरेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८
प्रकाशित समय: १३:३५:२०