Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अन्तर्राष्ट्रिय उडान नियमित हुँदा पनि भाडा अझै महँगो रहेको यात्रुहरुले गुनासो गरेका छन् । नेपालमा अन्तर्राष्ट्रिय उडान चार्टर्डबाट नियमित बनाइए पनि अहिलेको भाडा दर सामान्यभन्दा दुईगुना महँगो भएको गुनासो यात्रुहरूको गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

युरोप वा अमेरिका जाने उडानको भाडा निकै महँगो छ भने नेपालीहरू वैदेशिक रोजगारीमा जाने खाडी मुलुकमा दोबर महँगो भएको गुनासो सुनिन्छ । ट्राभल एजेन्सीका अनुसार चार्टर्ड उडान बन्द गरेर नियमित उडान सञ्चालनमा आए पनि भाडा साबिकबाट दोबरभन्दा घटेको छैन ।

युरोपका लागि पहिला ५०-५५ हजारमा एकतर्फी टिकट पाइने भए पनि अहिले दोबर जस्तै छ । खाडी मुलुक जाने कामदारको हकमा उडान भाडा झन् बढी छ र उनीहरू मारमा परेका छन् । खासगरी कतार, दुबई र साउदी अरबमा कामदारका रूपमा धेरै नेपालीहरू गइरहेका छन् ।

त्यहाँको सरकारले आफूले तोकेको होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम राखिदिएपछि कामदारहरू मारमा परेको बताइन्छ । त्यहाँको सरकारले आफूले तोकेको होटलमा अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम राखिदिएपछि कामदारहरू मारमा परेको बताइन्छ । ‘हामी ट्राभल एजेन्सीहरूले कार्डबाट पेमेन्ट गरेर होटल बुकिङ गर्ने अनि टिकट लिँदा क्वारन्टीनका लागि एक लाखभन्दा बढी हुन्छ र टिकटका लागि ७०,००० जति गर्दा एक लाख ९०,००० सम्म पर्छ,’ ट्राभल एजेन्सी सञ्चालकले भने ।

नेपाल वायुसेवा निगमको उडान नहुनु र निजी क्षेत्रका मात्र उडान उपलब्ध हुँदा यात्रुहरू मारमा परेको वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठको भनाई छ । ‘यो छानबिन हुनुपर्छ । हामीसँग यति धेरै प्रमाण छ, त्यो हामी पेस पनि गर्न सक्छौँ । क्वारन्टीनको बहानामा साउदी अरबमा छ रातका लागि ८०० डलर लिइरहेको छ,’ उनले भने, ‘टीभी एसी पनि नभएको एउटा साधारण कोठाका लागि त्यतिसम्म रकम लिइएको छ ।’

यात्रुहरूबाट भाडा दोबर, तेबर भएको भन्ने गुनासा आएपछि त्यसको सम्बोधनका लागि छानबिन अघि बढाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उसले छानबिनपछि गलत पाइए कानुनी कारबाही गरिने बताएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भाडाका विषयमा छानबिन भइरहेको बताउँछन् ।

तपाईको प्रतिक्रिया