Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन् । निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगम भित्रका अगुवा कर्मचारी सङ्गठनले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् । उनीहरुले निगमका उच्च पदाधिकारीको कार्यकक्षमा गत शुक्रबारदेखि तालाबन्दी गरेर सङ्घर्षमा उत्रिएका छन् ।

निगमभित्र देखिएको समस्याबारे जिज्ञासा राख्दा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले कर्मचारीको भविष्य र निगमको अस्तित्वको पक्षमा आम कर्मचारी र व्यवस्थापनको चासो रहेकाले वार्ताबाटै सकारात्मक निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले भन्नुभयो, “निगमलाई अहिले नै कम्पनी मोडलमा लगिनुहुन्न । यो कर्मचारीको भविष्यसँग जोडिएको विषय भएकाले व्यवस्थापनले पनि कम्पनी मोडलमा जाने सोच लिनु उचित हुँदैन सकारात्मक वार्ताबाट समाधान खोजिनुपर्छ । त्यसैले आन्दोलनलाई स्थगित गरेर वार्ताबाटै समस्याको समाधान खोज्नुपर्छ ।”

सार्वजनिक संस्थानको महत्व एवं यसका विकल्प हुँदैन । विकल्प भने सार्वजनिक संस्थानकै हुने भन्दै निगमले विकसित मुलुकमा पनि यही अभ्यास र प्रणाली रहेको स्पष्ट पारेको छ । विकसित मुलुकमा अहिले पनि सार्वजनिक संस्थान मूल्य अभिवृद्धिको ४० प्रतिशत रोजगारीको १० प्रतिशत र बजार पुँजीकरणको हिसावले ५० प्रतिशतसम्म योगदानको क्षेत्र ओगटेका छन् । विश्वमा रहेका ठूला ठूला उद्योगहरुमध्ये चीन, दक्षिण कोरिया र जापानको गरी २०४ वटा संस्थान रहेको बताइन्छ ।

यसै सन्दर्भमा सार्वजनिक संस्थानको महत्व सर्वोत्कृष्ठ मानिन्छ । नेपाल वायुसेवा निगम पनि एक सार्वजनिक संस्था र राष्ट्रिय ध्वाजाबाहक हो । विभिन्न समयमा निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्नका लागि विभिन्न विकल्पहरुको अध्ययन तथा चर्चा परिचर्चाहरु भइनै रहन्छन् । सोही सन्दर्भमा निगममा अहिलेको बहस असान्दर्भिक नभएको पनि निगमले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया