काठमाडाैं – इजरायलको रक्षा मन्त्रालयले ड्रोनलगायत अन्य उडानलाई खसाल्न एक हवाई लेजर हतियारको विकास गर्दैछ ।इजरायलले उक्त हतियारको नाम ‘एयरबोर्न लेजर’ दिएको छ ।
सन् २०२५ सम्म यो हतियार तयार हुने उद्घोष इजरायलले गरेको हो । प्यालेस्टाइनबाट हमास समूहले रकेट आक्रमण गर्ने भएका कारण इजरायले वायु सुरक्षामा विशेष ध्यान दिँदै आएको छ ।
छोटो दूरीको रकेट खसाल्न इजरायलले यसअघि विकास गरेको आइरन डोम प्रणाली निकै चर्चित छ ।