Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाण्डाै – साडियो मानेले २ गोल गरेपछि अन्तिम खेलमा क्रिष्टल प्यालेसलाई पराजित गरी लिभरपुलले इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको छ ।

एस्टोन भिल्लासँग २–१ ले पराजित भए पनि चेल्सी चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने निश्चित गरेको छ । टोटनह्यामसँग ४–२ गोलले पराजित हुनुकै कारण लेस्टर भने १ अंकले पछि परेर युरोपा लिगका लागि छनोट भएको छ ।

अघिल्लो सिजनको च्याम्पियन लिभरपुलका लागि यस सिजन सुरुआतदेखि नै राम्रो रहने । मुख्य खेलाडीहरु चोटको समस्यामा पर्दा लिभरपुलले आफ्नो इतिहासमै सबैभन्दा धेरैपल्ट घरेलु मैदानमा पराजित हुनुपर्ने स्थिति आयो ।

लिगको पछिल्ला १० खेलयता उसले सुधारिएको प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु उसका प्रशिक्षक जर्गेन क्लोपकै भाषामा आनन्ददायी क्षण हो । ‘निकै नै शानदार । हामी यस्तै माहोल चाहन्थ्यौं । तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु सुखद क्षण हो । यो सबै श्रेय खेलाडीहरुलाई नै जान्छ । पछिल्ला केहि साता हामीले अविश्वसनीय फुटबल खेल्यौं,’ क्लोपले भने ।

चेल्सीको च्याम्पियन्स लिग छनोट चाहिँ टोटनह्यामले सजिलो बनाइदियो, लेस्टरलाई हराएर । एस्टोन भिल्लासँग पराजित भएको चेल्सी अर्को खेलमा लेस्टर विजयी भएको भए युरोपा लिगमा झर्ने थियो । यी दुईबीच १ अंकको अन्तरमा दुई लिगको छिनोफानो भएको हो ।

पूरा सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगको तेस्रो स्थानमा धेरै समय टिकेको लेस्टरले अन्त्यतिर ३ खेलमा पराजय ब्यहोरेपछि पाँचौंमा झ¥यो ।

घरेलु टोली एष्टोन भिल्लाका लागि ट्राओरेले पहिलो हाफमा अग्रता दिलाएका थिए । एल घाजीले दोस्रो हाफको सुरुमै गोल गरेपछि उसले अग्रता दोब्बर बनायो । वेन चिलवालले ७० औं मिनेटमा एक गोल फर्काएका थिए । ८९ औं मिनेटमा आच्विलीक्वेयटाले रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको थिया ।

प्रिमियर लिगको उपाधि यसअघि नै म्यानचेस्टर सिटीले जितिसकेको छ । लिगको अन्तिम खेलमा उसले एभर्टनमाथि ५–० गोलको शानदार जितसिहत ट्रफी उचाल्यो । सिटीले लिगमा ८६ अंक जोड्यो भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १२ अंकले पछि पा-यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया