काठमाडौं – भारतमा पछिल्ला दिनमा कोरोना संक्रमणको रफ्तार निकै बढिरहेको छ । उत्तर प्रदेश पनि यसको अछुतो छैन ।
अहिले उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या निकै बढ्न थालेपछि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले आठ कक्षासम्मका सबै विद्यालय ११ अप्रिलसम्मका लागि बन्द गर्न निर्देशन दिएका छन् ।
उनले यसलाई सख्त रुपमा पालना गर्नु पर्ने बताएका छन् । लापरवाही गर्नेलाई कडा कारवाही गर्ने चेतावनी पनि उनले दिएका छन् । यसअघि उत्तर प्रदेशमा ४ अप्रिलसम्म विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको थियो ।