Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सिड्नीमा नर्सहरूले तलब वृद्धि माग गर्दै ठूलो आन्दोलन गरेका छन्। न्यु साउथ वेल्स राज्यका हजारौं नर्स र मिडवाइफले बुधबार काम छोडेर सडकमा प्रदर्शन गरेका हुन्। उनीहरूले १५ प्रतिशत तलब वृद्धिको माग गरेका छन्। पटक-पटक भएको छलफलका क्रममा दिने भनिएको सुविधा उपलब्ध नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।

नर्सिङ तथा मिडवाइफ एसोसिएसनको नेतृत्वमा बुधबार बिहान ७ बजे सुरु भएको २४ घण्टे हड्तालले शल्यक्रिया लगायतका अत्यावश्यक स्वास्थ्य सेवामा अवरोध पुर्‍याएको छ। प्रदर्शनकारी नर्सहरूले काम गर्ने सुरक्षित वातावरण, लिङ्ग भेदभाव अन्त्य र उचित तलब वृद्धि जस्ता मागहरू राखेका छन्।

न्यु साउथ वेल्स सरकारले शिक्षक, पारामेडिक्स र प्रहरीका लागि तलबमा ४० प्रतिशतसम्म वृद्धि गरे पनि नर्सहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू असन्तुष्ट छन्। सरकारले प्रस्ताव गरेको ३ प्रतिशत तलब वृद्धि उनीहरूले अस्वीकार गरेका छन्। स्वास्थ्यमन्त्री रायन पार्कले तलब वृद्धि प्रक्रियामा सरकारले काम गरिरहेको बताउँदै, नर्सिङ संघले वार्ताबाट पछि हटेर हड्तालको बाटो लिएको आरोप लगाएका छन्।

 

 

तपाईको प्रतिक्रिया