Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – कोरोनाका कारण जागीर र आम्दानी गुमाउनेको संख्या निकै ठूलो छ । पर्यटन तथा हस्तकला क्षेत्रका लाखौं व्यक्तिको आम्दानी सामान्य बन्न सकेको छैन । विद्यालयहरूले अझै शिक्षकलाई तलब दिइरहेका छैनन् । खुलेका व्यवसाय पूर्ण क्षमतामा चलेका छैनन् । तर, शेयरबजार र र घरजग्गा किनबेच भने निकै चम्केको पाइन्छ । अर्थतन्त्र सुस्ताउला यी क्षेत्रमा चाहिँ चमक किन आएको होला ?

अहिले अदालतको कित्ताकाट रोकेको छ । कोभिडपछि आर्थिक गतिविधिमा मन्दी आए पनि घरजग्गा कारोबार भने चम्किएको छ । पुसबाट चम्किएको घरजग्गाको कारोबार फागुनमा पनि कायमै छ । सबै मालपोत कार्यालयको कारोबार संख्या आउँदा ८० हजार पुग्ने अनुमान गरिएको छ । माघमा देशभर ७६ हजारकै हाराहारीमा घरजग्गा किनबेच भएको थियो । पुसमा भने अहिलेसम्मकै सर्वाधिक ८० हजार घरजग्गा किनबेच भएर राज्यले ७ अर्ब राजस्व पाएको थियो । फागुनमा घरजग्गा किनबेचबाट ३ अर्ब ८८ करोड रुपैयाँ रजिस्ट्रेशन शुल्क संकलन भएको देखिन्छ । जबकी माघमा ३ अर्ब ७७ करोड रुपैयाँ रजिस्ट्रेशन शुल्क संकलन भएको थियो ।

गत असोजदेखि घरजग्गा कारोबार फस्टाउन थालेको छ । घरजग्गा किनबेचको लागि पुस र माघ सिजनेबल महीना मानिन्छन् । हरेक वर्ष पुस र माघमा अन्य समयको भन्दा डेढदेखि दुई गुणा बढी कारोबार हुने गरेको छ । तर, यो वर्ष भने फागुनमा समेत कारोबारको ग्राफ निकै उकालो लागेपछि घरजग्गा व्यवसायीहरू खुशी देखिएका छन् । शेयरबजारबाट निस्किएका खेलाडीहरूले यति बेला धमाधम घरजग्गामा लगानी गरेको अनुमान छ । अर्थतन्त्र सुस्ताउँदा पनि घरजग्गामा लगानी गर्न यति ठूलो रकम कहाँबाट आइरहेको छ भन्ने प्रश्न उब्जिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया