Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – विश्वभर थपिने संक्रमित बिरामीको संख्या पछिल्लो साता बढेको जानकारी दिँदै रेयानले यसतर्फ सचेत हुन आग्रह गरे ।

सन २०२१ भित्र कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा आउने भ्रममा नपर्ने विश्व स्वास्थ्य संगठनले सुझाएको छ । विश्व स्वास्थ्य संगठनका इमरेजेन्सी डाइरेक्टर माइकल रेयानले सोमबार यस्तो बताएका हुन् ।

उनले संक्रमित बिरामी र मृत्युको संख्या घटाउन सक्नुनै यो वर्षको सफलता मान्नु पर्ने भनाइ उनको छ । विश्वभर थपिने संक्रमित बिरामीको संख्या पछिल्लो साता बढेको जानकारी दिँदै रेयानले यसतर्फ सचेत हुन आग्रह गरे ।

युरोप, अमेरिका र दक्षिण पूर्वी एसियामा पछिल्ला दिनमा तीब्र गतिमा कोरोना संक्रमण फैलिएकोमा विश्व स्वास्थ्य संगठनका निर्देशक ट्रेडोस अडानम गेब्रेयससले चिन्ता व्यक्त गरेका छन् ।

यो निराशाजनक विषय भएको भन्दै ट्रेडोसले केही देशमा गरिएको लावरवाहीका कारण तीब्र गतिमा संक्रमण फैलिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया