Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– एकीकृत माओवादीले सशस्त्र द्वन्द्वका समयमा कब्जा गरेका घर जग्गा र सम्पत्ति फिर्ता गर्न आज आफ्ना पार्टी निकायहरुलाई निर्देशन दिने भएको छ ।
प्रमुख तीन दलको सिंहदरवारमा शनिबार बसेको बैठकमा कांग्रेस एमाले सम्पत्ति फिर्ता र वाइसीएलको अर्ध सैन्य संरचना खारेजका बारेमा कुनै कदम नचालेका भन्दै आपत्ति जनाएपछि माओवादीले आज पार्टीमा निर्णय गराई निर्देशन दिने बचन दिएका हुन् । आजै वाइसीएलका सबै त्यस्ता संरचनाहरु भंग गर्न भनिने छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी विकासका सम्बन्धमा संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई भेट्न आज अमेरिका जाने भएकाले उहाँको अनुपस्थितिमा पनि तीन दलका अरु नेताले शान्ति प्रक्रिया अघि बढाउने निर्णय लिनसक्ने सहमति नेताहरुले गरेका छन् ।
माओवादी, कांग्रेस एमालेका शीर्ष नेताहरुले उच्चस्तरीय संयन्त्र प्रचण्ड अमेरिकाबाट फर्केपछि बनाउने भन्दै अहिलेलाई तीन दलको कार्यदलले नै अनुगमनको काम गर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया