Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।

६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हुन सक्छ । शोधकर्ताका अनुसार ६ घन्टाभन्दा कम सुत्ने र ७–८ घन्टा सुत्नेको तुलना गर्दा ७–८ घन्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुन्छ । पर्याप्त निद्रा नपुग्नाले ऐथिरोस्क्लेरोसिसको खतरा हुन सक्छ ।

ऐथिरोस्क्लेरोसिस एउटा यस्तो रोग हो, जसका कारण धमनीमा ‘प्लाक’ जम्ने खतरा हुन्छ ।

ज्यादा सुत्नाले पनि हुन सक्छ समस्या 

अध्ययनमा आठ घन्टाभन्दा ज्यादा सुत्नेहरूमा पनि ऐथिरोस्क्लेरोसिसको खतरा हुने देखिएको छ । अनुसन्धानकर्ताले जो महिला आठ घन्टाभन्दा ज्यादा सुत्छन्, उनीहरूमा मुटुसम्बन्धी रोगको खतरा ज्यादा हुने पत्रा लगाएका छन् । अनुसन्धानमा संलग्न डा. वेलिन्टिन फ्युस्टका अनुसार गुणस्तरीय छोटोे निद्राले पनि हानिकारक तत्वलाई टाढा राख्छ । ज्यादा मदिरा र क्याफिनको सेवनले निद्रालाई प्रभावित गर्छ ।

सुत्ने बानीमा परिवर्तन ज्यादा असरदार 

म्याड्रिडमा अवस्थित स्पेनिस नेसनल सेन्टर फर कार्डियोभास्कुलर रिसर्च (सिएनआइसी)को अनुसन्धानको नतिजाले यो पनि देखाएको छ कि औषधिको तुलनामा सुत्ने तरिकामा परिवर्तन गर्नु मुटुको रोगको उपचारमा धेरै प्रभावकारी हुन्छ । त्यसकारण सुत्ने तरिकामा पनि ध्यान दिनुपर्ने अध्यायनले बताएको छ । अमेरिकन कलेज अफ कार्डियोलोजीमा यो अध्ययन प्रकाशित भएको छ ।

अनुसन्धान टिमले स्पेनमा चार हजार बैंकरमाथि अध्ययन गरेको थियो । तीमध्ये ४६ वर्ष उमेरका सहभागी कुनै पनि प्रकारको मुटुसम्बन्धी रोगबारे जानकार थिएनन् । निद्राको मापनका लागि सहभागीले एउटा ‘एक्टिग्राफ’ लगाएका थिए । यो एउटा यस्ताे यन्त्र हो, जसले सात दिनको निद्रा, आराम र गतिविधि आदिको मापन गर्न सक्छ ।

अनुसन्धानकर्ताले सहभागीलाई चार समूहमा विभाजन गरेका थिए । ६ घन्टाभन्दा कम सुत्ने, ६ देखि ७ घन्टा सुत्ने, ७ देखि ८ घन्टा सुत्ने र ८ घन्टाभन्दा ज्यादा सुत्नेहरू । कार्डियोभास्कुलर रोगका प्रमाण हेर्नका लागि सहभागीहरूको ३–डी अल्ट्रासाउन्ड र सिटी स्क्यान पनि गरिएको थियो ।

६ घन्टाभन्दा कम सुत्नेहरूमा मुटुरोगको खतरा २७ प्रतिशतले बढी 

अध्ययनकर्ताले निद्राको गुणस्तरको यो आधारले हेरे कि कोही रातमा कतिचोटि बिउँझिन्छ र कतिचोटि सुत्ने आसन बदल्छ । आरामदायी निद्रा निदाउन सक्नेको तुलनामा रातमा राम्रोसँग निदाउन नसक्नेहरूमा मुटुसम्बन्धी रोग हुने खतरा ३४ प्रतिशतले बढी हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया