काठमाडौं – विश्वकै धनी व्यक्ति जेफ बेजोसकी पूर्वपत्नी म्याककेन्जी स्कटले चार महिनामा चार अर्ब डलर भन्दा बढी दान गरेकी छन् । म्याककेन्जी स्कटले चार महिनामा चार अर्ब डलर भन्दा बढी फुड बैंक तथा आपतकालीन राहत कोषमा दान गरेको बिबिसीले जनाएको छ ।
मंगलबार एक ब्लग पोष्टमा महामारीका कारण समस्यामा परेकाहरूलाई मद्दत गर्न चाहेको स्कटले बताएकी थिइन् । स्टक विश्वको १८ औं धनी व्यक्ति हुन् । उनको २३ अर्बको सम्पत्तिबाट यसवर्षमात्रै ६० अर्ब पुगेको हो । उनले ६ हजार ५ सय संस्था र ३ सय ८० च्यारिटीहरूमा दान गरेको बताएकी थिइन् ।
स्कटले जुलाईमा १ सय १६ वटा च्यारिटीमा एक अर्ब ७ करोड डलर दान गरेकी थिइन् । योसँगै एक वर्षमा उनले करिब ६ अर्बको दान गरेकी छन् । उनले विशेषगरी खाना खान कठिन भएका, नश्लीय असमानता भोगेका, उच्च गरिबीमा रहेका र परोपकारी पुँजीमा कम पहुँच भएकाहरूलाई दान गरेकी हुन् ।
गत वर्ष उनले द गिभिङ प्लेड्जमा सहयोग गर्ने भन्दै प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेकी थिइन् । द गिभिङ प्लेड्ज विश्वका धनी व्यक्तित्वहरूले आफ्नो सम्पत्तिहरू दान गर्ने प्रतिबद्धता हो । ‘मसँग बाँध्नको लागि असंगत पैसा छ,’ उनले उक्त प्रतिज्ञापत्रमा लेखेकी थिइन् ।