काठमाडौं – कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोनाबाट ज्यान जानेको संख्या १६९८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म देशभर २४८४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १०९९४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । यसमध्ये ४७६२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। बाँकी होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज १५०० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म २३५७३१ जना कोरोना संक्रमित निको भएका छन्। त्यस्तै हाल ५१६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै देशभर आज २९४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । साथै ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।