Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक सातालाई आधार मान्दा ७ हजार ७ सय ८ संक्रमित थपिएकामा १० हजार १ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत आइतबार १ हजार ९६ संक्रमित थपिएकामा १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । यस्तै, सोमबार १ हजार १४ जना संक्रमित थपिएकामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार १ हजार ३ सय ८२ संक्रमित थपिएकामा १ हजार ६ सय २१ जना संक्रमणमुक्त, बुधबार १ हजार ५६ संक्रमित थपिएकामा १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, बिहीबार १ हजार २ सय १७ जना संक्रमित थपिएकामा १ हजार ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार १ हजार ४४ संक्रमित थपिएकामा १ हजार २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । शनिबार ८ सय ९९ संक्रमित थपिएकामा १ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हालसम्म देशभर २ लाख ४७ हजार ५ सय ९३ संक्रमितमध्ये २ लाख ३४ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमणमुक्त हुने दर ९४ दशमलव ६० रहेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, शनिबार थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ । पछिल्लो एक सातामा सरदर दैनिक १ हजार १ सय १ जनामा संक्रमण हुने गरेको छ । यस्तै एक सातालाई आधार मान्दा दैनिक १ हजार ४ सय ५४ जना संक्रमणमुक्त हुने गरेका छन् ।

देशभर हाल ६ हजार ९ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै, ४ हजार ७ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । जसअन्तर्गत प्रदेश १ मा ७ सय ३१, प्रदेश २ मा १ सय ३२, बाग्मती प्रदेशमा मात्र ४ हजार ८२ जना, गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा १ हजार ७४, कर्णालीमा ९२ र सुदूरपश्चिममा ७ सय ५७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

हाल देशभर ३ सय ३ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये २ सय ६२ जना आईसीयू र ४१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा ३३ जना आईसीयू र सात जना भेन्टिलेटरमा, प्रदेश २ मा ६ जना आईसीयू र २ जना भेन्टिलेटरमा, बाग्मती प्रदेशमा ७० जना आईसीयू र १२ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ९१ जना आईसीयू र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
कर्णाली प्रदेशमा सात जना आईसीयू र चार जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा सात जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया