Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

सोल – दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीहरुका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए । कोरिया रोक नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ ।

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताउनु भएको छ । महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उहाँले जानकारी दिनुभयो ।

रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ ।

रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ ।

तपाईको प्रतिक्रिया