Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेको सरकारी तथ्यांकले देखाएको छ । मृत्युदर भने बढेको छ । पछिल्लो दुई महिनामा नेपालमा कुल संक्रमित र सक्रिय संक्रमितको संख्या निकै घटबढ भएको छ । तर, मृत्यु हुनेको संख्या भने लगभग उस्तै छ । संक्रमण दर घट्नु तर मृत्युदरमा कमी नआउनुमा विज्ञहरुले प्रश्न उठाइरहेका छन् । सरकारले परीक्षणको दायरा खुम्च्याएको उनीहरुको ठहर छ । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने परीक्षण संख्यामा कमी भए पनि प्रतिशतमा संक्रमित दर घटेको दाबी गर्छन् ।

विश्व स्वास्थ्य संगठनले संक्रमितको निको हुने अवधि र मृत्युदरका आधारमा कोरोना नियन्त्रणमा कुन देश कति सफल भन्ने मापन गर्ने गरेको छ ।

यस्तो छ, दुई महिनाको तथ्यांक 

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ३६ हजार ८०८ छ । सोमबारसम्म नेपालको कुल जनसंख्याको ०.८३ प्रतिशतलाई कोरोना संक्रमण भइसकेको छ । निको हुनेको दर ९३.७० प्रतिशत छ भने मृत्युदर ०.६६ प्रतिशत छ । अक्टोबरको पहिलो साता दैनिक ११ हजार ४७ जनाको ‘पीसीआर’ परीक्षण भएको थियो । जसमा एक हजार ५५१ जना संक्रमित हुँदा नौजनाको मृत्यु भएको तथ्यांक छ ।

यो कुल संक्रमितको ०.६ प्रतिशत हो । त्यतिबेलासम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६३ थियो  ।

अक्टोबरको अन्तिम साता निको हुनेको दर ७४.४ प्रतिशतमा झर्‍यो । सक्रिय संक्रमितको दर बढेर २५.६ प्रतिशत पुग्यो । मृत्युदर भने घटेर ०.५ मा आइपुगेको मन्त्रालयको तथ्यांक छ ।

नोभेम्बर पहिलो साताको तथ्यांकानुसार सक्रिय संक्रमितको दर घटेर २१.३ प्रतिशत पुगेको छ । तर, मृत्युदर बढेर ०.६ प्रतिशत पुगेको देखिन्छ ।

नोभेम्बरको अन्तिम सातासम्म लगभग उस्तै रहेको तथ्यांक डिसेम्बर पहिलो साता आइपुग्दा मृत्युदर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथांकले देखाउँछ ।

सोमबारको मन्त्रालयको तथ्यांक हेर्दा एक हजार १४ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु भएको छ । यसरी हेर्दा दुई महिनाको अवधिमा मृत्यु हुनेको संख्या तेब्बरले बढेको देखिन्छ । अर्थात् पछिल्लो समय कोरोनाका कारण औसतमा दैनिक १६ जनाले ज्यान गुमाइरहेको पुष्टि हुन्छ ।***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया