काठमाडौं – कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १०५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार २८६ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ५६ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ ।
हालसम्म १८ लाख ५ हजार ९७२ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार २४५ रहेको छ । सोही अवधिमा १४८३ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको मन्त्रालयले जनाएको छ ।