Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – एन्जेलिना फ्राइडम्यान उमेरले १०२ वर्षकी भइन् तर उनी युवाझैं जोश र जाँगरले भरिपूर्ण छिन् । क्यान्सरसमेत जितेकी उनले दुई पटकसम्म कोरोना संक्रमणलाई जितेकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् १९१८ मा उनी जहाजमा जन्मिएकी थिइन् । त्यतिबेला स्पेनिस फ्लूको महामारी देखा परेको थियो । उक्त जहाजले इटालीका अप्रावासीहरुलाई न्युयोर्क लगिरहेको थियो । उनलाई जन्म दिनेबित्तिकै उनको आमाको मृत्यु भयो । उनका दुई जना दिदीहरुले उनको रेखदेख गरे ।

११ सन्तानमध्ये फ्राइडम्यान मात्र अहिलेसम्म जीवित छिन् । उनकी छोरी जोआन मेरोला भन्छिन्– ‘बा र आमालाई सँगै क्यान्सर देखिएको थियो तर बुबा बिते आमा भने बााचिन् ।’ कोरोना महामारीले विश्वभरकालाई प्रभावित बनाएको छ । न्युयोर्क निवासी यी वृद्धाले एकपटक होइन दुईपटक कोरोना संक्रमणबाट मुुक्त भएको उनकी छोरी बताउँछिन् ।

हाल उनी नर्थ वेस्टचेस्टर रेस्टोरेटिभ थेरापी एन्ड नर्सिङ सेन्टरको रेखदेखमा छिन् । अस्पतालमा सामान्य मेडिकल चेकअपका लागि गएकी फ्राइडम्यानलाई मार्चमा पहिलो पटक कोरोना पुष्टि भएको अस्पतालकी प्रशासक एमी एल्बा बताउँछिन् । उनी सो समय ज्वरो आउने लक्षणहरु देखिए । अप्रिल २० मा उनको परीक्षण नेगेटिभ आयो ।

एकदिन उनकी छोरीलाई नर्सिङ होमबाट फोन आमालाई दोस्रोपटक संक्रमण देखिएको भनेर फोन आयो । ‘आमालाई सुख्खा खोकी र ज्वरो देखिएको रहेछ, फ्लु हो कि भन्ने शंका गरिएको थियो’मेरोला भन्छिन् । नर्सिङ होममा अरु मेडिकल स्टाफ र वृद्धवृद्धाहरु बिरामी परिरहेका थिए उनीहरुलाई पनि आइसोलेसनमा राखिएको थियो ।

मेरोलाले हरेक दिनको आमाको स्वास्थ्य स्थिति बारेमा अपडेट पाउँथिन् । र अन्ततस् नोभेम्बर १७ मा फ्राइडम्यानको रिपोर्ट नेगेटिभ आयो । उनमा सुन्ने शक्ति र देख्ने शक्ति कम हुँदै गएपनि उनी अझै खुसी देखिन्छिन् । जिन्दगीको मजा लिइरहेकी छिन् ।

तपाईको प्रतिक्रिया