Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – राजधानी सहित मुलुकभर कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । यो बढ्दो जोखिमका माझ सरकारले सतर्कतालाई प्राथमिकता दिन बारम्बार आवश्यक निर्देशिका दिंदै आइरहेको छ ।

त्यस्तै सरकारले रोग नियन्त्रण र रोकथामका निम्ति परीक्षण, सम्पर्क पहिचान जस्ता विधि कायम गरिराखेको छ ।

टोकियोका संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने क्रममा संकलन गरिएको विवरणमा नोभेम्बरको सुरु देखि हेर्दा घरबाट नै धेरै अनुपातमा संक्रमण फैलिएको भेटिएको छ । यो तथ्यांकले टोकियोमा भाइरसको प्रकोप परिवर्तन भएको प्रतिबिम्बित गरेको छ ।

महानगरीय सरकारी अधिकारी अनुसार घरका कुनै सदस्य कार्यालय, हेरचाह गृह, स्कूल, रेष्टुरेन्ट र बार आदि जस्ता ठाउँहरूमा जाँदा संक्रमणको शिकार भइ घरमा अन्य सदस्यका लागि संक्रमणको माध्यम बनेका थुपै केसहरु भेटिएका छन् ।

टोकियो गभर्नर युरीको कोइकेले शुक्रबार नियमित प्रेस सम्मेलनको क्रममा घर संक्रमण मार्गहरूको सबैभन्दा सामान्य माध्यम बनिरहेको बताएकी छिन् । साथै घरमा भाइरस ल्याउनबाट जोगिन सबैजना बढी सचेत हुन आग्रह पनि गरेकी छिन् ।

यसका साथै बाहिर खाने वा पिउने बेलाका लागि उनले जारी गरेको पाँच निर्देशिका (सानो समूहमा खाना खाने, खाँदा थोरै समय लिने, कम र सानो स्वरले बोल्ने, खाँदा छुट्टाछुटै प्लेट, चपस्टिक्स प्रयोग गर्ने र खाने वा पिउने बीचमा मास्क प्रयोग गर्ने) घरमा पनि लागू गर्न अनुरोध गरेकी छिन् ।

शुक्रबारको विशेष प्रेस सम्मेलनमा टोकियो मेडिकल एसोसिएशनका अध्यक्ष हारुओ ओजाकीले राजधानीमा रहेका व्यक्तिलाई नजिकका साथीहरूलाई मात्र भेट्न र पाँच वा बढी समूहमा खान नखान अनुरोध गरेका छन् । ओजाकीले एक अर्कासँग कुराकानी गर्दा अनिवार्य मास्क लगाउन पनि अनुरोध गरेका छन् ।

जुलाईमा संक्रमणको ट्र्याक गर्दा संक्रमित मध्ये ३५ प्रतिशत बिरामीको संक्रमणको माध्यम रात्रीकालिन मनोरन्जनात्मक संघसंस्था रहेको भेटिएको थियो । रात्रीकालिन बार, रेष्टुरेन्ट, क्लब आदि स्थानहरुमा काम गर्ने वा सो स्थानका मनोरन्जनमा सहभागी हुने ग्राहकवर्गमा संक्रमण फैलिएको अवस्था थियो । जबकि घरबाट संक्रमण हुने २० प्रतिशत मात्र व्यक्ति थिए । यद्यपि आफ्नै घरको वातावरण नै संक्रमणको माध्यम हुने क्रम बिस्तारै बढ्दै गएर अक्टोबरमा ३० प्रतिशत हुँदै नोभेम्बरमा ४० प्रतिशतमा पुगेको छ ।

त्यसैले विशेषज्ञहरुले घरमा अरुसँग खाना बाँड्दा निकै सचेत हुन जोड दिएका छन् ।

यसका साथै कोठामा राम्ररी हावा आवतजावत हुन सक्ने व्यवस्था, ह्युमिडिफायर, निःसंक्रमणको प्रयोग पनि संक्रमणको रोकथामको एक तरिका भएको बताएका छन् । शरद ऋतुमा हावा सुक्खा बनिरहेको बेला जापानी बजारमा humidifiers र air purifiers को बिक्री पनि गत वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा बढी भएको छ ।

वेवास्ता गर्दा घरमै रहदा पनि सक्रमणको अवस्था भयावह बन्दै जान सक्ने भएकाले हामी सबै सचेत हुनु अत्यावश्यक रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया