Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले सम्झौता बमोजिम आउने कात्तिक ७ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) नीति पालना नगरे कार्बाही गर्ने चेतावनी दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधाबर विज्ञप्ति जारी गरी इण्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बिबिसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायत संघरसंस्थाले क्लिनफिड नीति शुरु गर्ने अवधि थप्न आग्रह गरेको भए पनि तोकिएकै मितिदेखि विज्ञापनरहित प्रसारण गर्नुपर्ने जानकारी गराएको हो ।

अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ । ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखत विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात् मिति २०७७ साल कात्र्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको सर्वविदितै छ,’ मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण नभएमा प्रचलित कानुन बमोजिम हुने बेहोरा समेत जानकारी गराइन्छ ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया